सुशासन समितिले अर्थ र गृहमन्त्रीलाई किन बोलायो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २२, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २२,काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी लिने निर्णय गरेको हो ।

राष्ट्रसंघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी लिन मन्त्रीहरुलाई बोलाउन लागिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रसंघको दिगो विकाससम्बन्धी सूचक र सरकार आफैंले नाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्नु पर्ने धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस