विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र १, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

सभाद्र १,काठमाडौँ । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न भनेको हो । उनी चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए ।

तर, चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको प्रमाण पेश नभएको आदेशमा उल्लेख छ ।

साथै, प्रकाण्डसहित तीन जनालाई थुनामा राख्न बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कार्यविधि पालना नगरिएको, धुनामा राख्न अनुमति लिँदा कुनै कारण र आधार समेत खुलाएर आदेश नभएको सर्वोच्चले रिहा गर्न आलेश दिएको हो ।

७ करोड भन्दा बढी चन्दा असुलेको आरोपमा पूर्वमन्त्री समेत रहेका प्रकाण्ड २२ गते पक्राउ परेका थिए । जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, छोरा नरेन्द्रबहादुरले बन्दी प्रत्यक्षीकरणको रिट हाले ।

रिटमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन भनेपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस