‘कार्यसम्पादनको सवालमा परम्परागत साङ्लो तोड्दैछौँ ‘ : मन्त्री विष्ट

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष ०७४/ ०७५को वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा मन्त्रालय, मातहतका विभाग, निकाय तथा परियोजनाको तर्फबाट वार्षिक प्रगति विवरण पेश गरिएको थियो ।

मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक तर्फ ८१.३१ प्रतिशत र वित्तिय तर्फ ८०.८१ प्रतिशत प्रगति हासिल गरेको प्रगति विवरण मन्त्रालयका तर्फबाट सहसचिव प्रकाश दाहालले प्रस्तुत गरे । मन्त्रालय र मातहतका विभाग तथा निकायहरुले समस्या र समाधानका उपाय सहित वार्षिक प्रगति विवरण पेश गरिसकेपछि समितीका तर्फबाट सुझाव सहित टिप्पणी गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल र प्रधानमन्त्री कार्यालयका प्रतिनिधीले मन्त्रालयको प्रगति विवरण समग्रमा ८० प्रतिशत माथि रहनुलाई सन्तोषजनक मान्नुपर्ने धारणा व्यक्त गरे  । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गोकर्ण विष्टले आज पनि कार्यसम्पादनको सवालमा परम्परागत साङ्लो भित्र रमाइरहेको बताउदै त्यस्तो परम्परा तोड्न चाहिरहेको बताउनुभयो । उनले सकारात्मक परिवर्तका लागि परम्परागत सोंच, मानसिकता र प्रवृत्ति तोड्न जरुरी रहेको धारणा व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस