संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको नाम सिफारिस गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । संवैधानिक परिषदको बैठक बिहीबार बस्दैछ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नाम सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो।

अघिल्लो साता परिषदको बैठक बोलाइएको भए पनि विपक्षी दलको नेता शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाँदा बैठक स्थगन भएको थियो। देउवा फर्किएपछि परिषदको बैठक बिहिबार दिउँसो ४ बजेलाई बोलाइएको हो।

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणामध्ये एकको सिफारिस हुनेछ।

त्यस्तै बैठकले अख्तियारको प्रमुख आयुक्तका पनि नाम सिफारिस गर्ने छ। हाल कार्यबाहक प्रमुखआयुक्त रहेका नवीनकुमार घिमिरे, पूर्व मुख्यसचिव लिलामणि पौडेल र वरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री प्रतिस्पर्धामा छन्। लोकमानसिंह कार्कीको बर्हिगमनपछि दीप बस्नेत प्रमुख आयुक्त भएका थिए।

बस्नेतको अवकाशपछि गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।

ताजा अपडेट

खोजी गर्नुहोस