युवा र विद्यार्थी संगठन मध्ये एकमात्र पुर्ब एमालेलाई ! युवासंघमा पुर्व एमालेको दावी किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नामाकरणसंगै संख्याको विषयपनी टुंगो लागेको छ । कार्यदलले ४९९ सदस्यीय केन्द्रीय समितीमा २३९ सदस्य अनेरास्ववियु क्रान्तिकारी लाई र २६० अनेरास्ववियुलाई दिनेगरी स्थायी समितीमा पठाएको छ । जसमा १६२ सदस्यीय सचिवालय ,५४ सदस्यीय स्थायी समिती र ९ सदस्यीय हेडक्वार्टर बनाउने भएको हो । कार्यादलले नेतृत्व भने टुङ्याउन सकेको छैन ।
अब बस्ने स्थायी समितिको बैठकले नेतृत्वको बारेमा छलफल गर्ने बताईएको छ ।

पुर्व अनेरास्ववियूमा आधा दर्जन आकांक्षी,क्रान्तिकारीमा तामाङ एक्लै

बिध्यार्थी संगठनको नेतृत्व लिन अनेरास्ववियुबाट ४ उपाध्यक्ष , १ महासचिव र एक सचिव लबिङमा जुटेको श्रोतले बताएको छ । उता अखिल क्रान्तिकारीमा भने नेतृत्वको लागी अध्यक्ष रन्जित तामाङ एक्ला प्रतिस्पर्धी हुन् । अनेरास्ववियुको बर्तमान कमिटी २०० जनाको रहेको र सो मध्येबाट सरकारी जागीर खाएका, जनप्रतिनिधि निर्बाचित भएका,बिदेश गएका ,राजनीतिक नियुक्ति खाएका गरी २५ जना लाई बिदाई गरिने बताइएको छ । त्यसमा पनि २६० मध्ये ६० र बिदाई गरिएका २५ गरि ८५ जना मापदण्ड निर्धारण गरी मनोनित गरिने बताईएको छ ।

युवासंघ र अनेरास्ववियु मध्ये एकमात्र पुर्ब एमालेलाई

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै पार्टीको मेरुदण्ड हुन युवा संगठन र बिद्यार्थी संगठन । यी दुवै संगठनमा एक÷एकको दाबी पुर्ब एमाले र माओबादी केन्द्रले गरेका छन । जसमा अखिल र युवा संगठन पार्टीको प्रमुख संगठनको रुपमा समेत हेरिन्छ । नेकपाको अन्य कमिटीहरु ८/९ गते बस्ने स्थायी कमिटीले टुङ्ग्याउने भएतापनी जनबर्गिय संगठनको हकमा १२/१३ गते सम्म लम्बिने देखिन्छ ।

युवासंघमा पुर्व एमालेको दावी किन ?

केपी शर्मा ओली सस्थापक अध्यक्ष भएकोले पनि युवासंघ पुर्ब एमालेले दाबी गर्ने देखिन्छ अर्को तर्फ तत्कालीन वाईसीएलका अध्यक्ष दीपशिखा पार्टीको केन्द्रिय सदस्य भैइसकेकोले पनि अबको नेतृत्व पुर्ब एमालेको तप्काबाट हुने सम्भावना प्रबल रहेको नेकपा भित्रका नेता बताउछन । यसमा नेकपाका अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको बुझिएको छ । अर्को तर्फ अखिलकी अध्यक्ष नविना लामा अहिले संघीय संसदको सदस्य भैसकेको र अनेरास्ववियु भित्रै पनि धेरै जना नेतृत्वको अपेक्षा गर्दैगर्दा पुर्ब अनेरास्ववियु क्रान्तिकारीमा अध्यक्ष रन्जित तामाङ मात्र एक्ला प्रतिस्पर्धी देखिएकोले संगठनमा नेतृत्व ब्यबस्थापन गर्न पार्टी नेतृत्वलाई सहज हुने श्रोत बताउछ । यो कुरामा दुई अध्यक्ष नै सकारात्मक रहेको अनलाईन केन्द्रलाई स्रोतले बतायो ।

ताजा अपडेट

खोजी गर्नुहोस