कञ्चनपुरका सीडीअो र प्रहरी प्रमुख फेरिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ७,कञ्चनपुर । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।

मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी रहेको छ ।

यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस