अदालतले छाड्न आदेश दिएलगत्तै ‘प्रकाण्ड’ फेरी पक्राउ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।

भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।

यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस