गृह मन्त्रालयको एक्सन : एसपी विष्टलाई निलम्बन गर्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ९, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ९,काठमाडौँ । गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।

१३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

डीएसपी सेटी र मुद्दा फाँटका खड्कालाई भने हेडक्वाटर बोलाएर घटनाबारे सोधपुछ गरिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस