प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस