बिम्स्टेक शिखर सम्मेलन : भिभिआईपी आउने क्रम सुरु , म्यान्माका राष्ट्रपति काठमाडौँ ओर्लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आईपुगेका छन ।

राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्माका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस