भाद्र १४,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।
उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास गएका हुन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
बिहीबार शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् । बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।