उर्जा मन्त्री पुन बंगलादेश जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २०, बुधबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अन्नत’ बुधबार दिउँसो बंगलादेश जाँदै छन् । उनी दिउँसो १२ बजे पाँच सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै वापर एण्ड इनर्जी विकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

वापर एण्ड इनर्जी विक बंगलादेश सरकारले आयोजना गर्न लागेको हो । मन्त्री पुन विकमा सहभागी भएर भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

बंगलादेशको तीनदिने भ्रमणका क्रममा उनले त्यहाँकी प्रधानमन्त्री शेख हसिना र आफ्ना समकक्षी नसरुल हमिदसँग भेटवार्ता गर्नुका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल गर्ने छन् ।

गएको महिना बङ्गलादेशसँग इनर्जी कोअपरेशनमा समेत हस्ताक्षर भएको थियो । उर्जामन्त्रीको यसपटकको भ्रमणमा उर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे समेत छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस