ओली-प्रचण्ड छलफलमा व्यस्त, मन्त्रीलाई फेरबदल गर्ने सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २०, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी, नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा पार्टीका तल्ला तहमा एकता तथा सरकार सञ्चालनको विषयले प्राथमिकता पाएको छ । यस्तै राम्रो काम गर्न नसक्ने मन्त्रीलाई फेरबदल गर्ने विषयमा पनि कुराकानी भइरहेको कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रचण्ड बिहीबार भारत जाँदैछन्, बैठकमा यसबारे पनि छलफल भइरहेको छ । ओली र प्रचण्डबिच मंगलबार बेलुका पनि छलफल भएको थियो । मंगलबार बेलुकाको छलफलमा पार्टीको तल्ला तहको एकता एवम् सरकारको काम कारवाहीबारे कुरा भएको थियो ।

छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा लग्ने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा लैजाने विषयमा छलफल भएको हो ।

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस