‘पार्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट कुनै व्यक्तिलाई छैन’ : डा कोईराला

Post Thumbnail

भाद्र २१,मोरङ । नेपाली कॉग्रेसका नेता डा. शेखर कोईरालाले निर्वाचनका समयमा पार्टीका उम्मेदवार हराउन र पार्टी कमजोर बनाउन लाग्नेहरु पार्टी छाडेर गएपनी खासै फरक नपर्ने बताएका छन ।

पार्टी ईतिहासकै कमजोर अवस्थामा पार्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट पार्टीका कुनै पनी तहका ब्यक्तीलाई नरहेको पनी बताए ।

नेपाली काँग्रेस बुढीगंगा गाउॅपालिका-७ कार्यसमिती,मोरङ्ले आयोजना गरेको ‘नेपाली कॉग्रेस आन्तरिक द्धन्द ब्यवस्थापन’ बिषयक प्रशिक्षणलाई संबोधन गर्दै डा. कोईरालाले कार्यकर्तामाझ भने ‘तपाँईहरु अरु पार्टीका मान्छेसंग मिल्नुहुन्छ तर आफ्नै पार्टीका साथीहरुसॅग मिल्न सक्नुहुन्न, संगठन कसरी बलियो हुन्छ ? केन्द्रले टिकट एउटालाई दिन्छ, त्यही दिनदेखी अर्को समुह आफ्नै पार्टीको उम्मेदवार हराउॅन दलबलका साथ लाग्छ, अनि कसरी जित्छ ?’

कार्यक्रममा पुर्वराज्यमन्त्री हरिनारायण चौधरी, प्रदेससभा सदस्य केदार कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस