सभामुख ११:३० बजे चीनका लागि उड्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २२, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौं । सभामुख कृष्णबहादुर महरा शुक्रबार चीन प्रस्थान गर्दैछन् । उनी अहिले बिहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जानेछन् ।

सभामुख महरासहितको १० जनाको टोलीमा चार वटा राष्ट्रिय पार्टीका सांसद र एक स्वतन्त्र सांसद पनि सहभागी छन् । सभामुख चीन जाने भएपछि प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।

सभामुख महरा भदौ २७ गते स्वदेश फर्किएपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते एक बजेका लागि तोकिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस