‘कम्युनिष्टमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा छ’ : डा. शेखर कोईराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

भाद्र २५, झापा । नेपाली कॉग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा रहेको बताएका छन ।

पुर्वी जिल्लाको भ्रमणको क्रममा नेता कोईरालाले कम्युनिष्टहरु संघियता बिरोधी हुने भन्दै सरकार नै संघियता कार्यान्वयन गर्न नदिने अभियानमा लागेको बताएका हुन ।

कोईरालाले भने ‘अहिले सरकारमा बसेकाहरु राज्य मै हो,म नै कानुन हो। मैले जे भन्यो त्यही हुनुपर्छ भनेर हिडीरहेका छन्। यसले मुलुकलाई कहॉ पुर्याउॅछ ?’

बिपी जयन्तीको अवसरमा नेपाली कॉग्रेस क्षेत्रिय समिती–१ झापाले धुलाबारीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले गाउॅमा बस्ने कार्यकर्तालाई जती पार्टीको मायॉ केन्द्रका नेताहरुलाई नभएको बताए ।

उनले दुरदराज र गाउॅका निष्ठावान कार्यकर्ताले संगठन बचाएको पनी बताए। पार्टीको क्रृयाशिल सदस्यता बितरण मुल्यांकन र न्यायोचित ढंगले हुन नसकेकै कारण पार्टी धरासायी बनेको कोईरालाको ठम्याई थियो।

नेपाली कॉग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले भाषण गरेर मात्रै पार्टी रुपान्तरण नहुने बताउॅदै आफु कुनै पनी गुटमा नरहेको पनी बताए । कार्यक्रममा पुर्व सांसदहरु डा.शोभाकर पराजुली र उषा गुरुङ, प्रदेशसभा सदस्य केदार कार्की लगायतले मन्तब्य राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस