श्रममन्त्री बिष्टको अर्को फड्को : वैदेशिक रोजगारीका सबै विवरण अब अनलाइनमा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्या्दित बनाउने उदेश्यले सरकारले सबै विवरण अनलाइनमा राख्ने काम सुरु गरेको छ। सरकारले सञ्चालनमा ल्याएको एकीकृत अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जाने तथा गएर फर्किने कामदार र रोजगारीका सबै विवरण उल्लेख छ ।

यो प्रणालीको सोमबार औपचारिक सुरुवात भएको छ । तर असोज १६ गतेदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा समाधान गर्ने र सबै विवरण एकै ठाउँमा राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन प्रणालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले औपचारिक रुपमा सुरुवात भएको घोषणा गरे ।

सिंहदरबारमा भएको कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्या्दित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको बताए ।

अनलाइन प्रणालीमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका सबैको विवरण तत्काल थाहा पाउन सकिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सबै विभाग, कार्यालय र नियोग एउटै अनलाइन प्रणालीमा जोडिएकाले कामदारको पासपोर्ट नम्बर कम्प्युटरमा क्लिक गर्ने बित्तिकै एक–पटकमा सबै विवरण हेर्न मिल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस