भाद्र २७,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको घट्नाले अत्यन्तै दुखी बनाएको बताएका छन । ‘एक बिज्ञप्ती जारी गर्दै उनले दृष्ट्रि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै खोजतलास डट्कम र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथी बोलिएको धावा र ठाडो हस्तक्षेप हो’ भनेका छन ।
उनले विज्ञप्तीमा यो सरकारको सर्बसत्ताबादी चरित्र हो, भनेका छन । डा. कोईरालाले समाचार लेख्ने दृष्ट्रि साप्ताहिकलाई उन्मुक्ती दिने तर राजनितीक रुपमा फरक बिचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी रहेको बताएका छन ।
हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिएर स्वतन्त्र प्रेसमाथीको ज्यादती र उदण्डता नरोकिए सरकारले ठुलो मुल्य चुकाउॅनु पर्ने कोईरालाको भनाई छ ।