नेकपाको सचिवालय बैठक अाज पनि, पार्टी एकताको बाँकी काम पूरा गर्ने प्रयास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २८, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बुधबार सुरु भएको बैठकमा पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने नीतिगत मान्यता प्रस्तावित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बुधबारको बैठकमा नेता माधवकुमार नेपालले आफूलाई पेलेर जान खोजिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

एकताका क्रममा जिल्ला तहमा नेतृत्व सिफारिस गर्ने बेलामा दुई अध्यक्षले आ–आफ्नो गुटका नेतालाई मात्र महत्व दिएको नेता नेपाल पक्षको आरोप छ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तीन महीनाभित्र तल्लो तहको पार्टी एकता गरिसक्ने बताए पनि अझै एकताको काम पूरा भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस