रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २९, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । प्रतिनिधिसभको आजको बैठकले रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

यसअघि मन्त्री विष्टले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा सांसदद्वय सुवाल र दुर्गा पौडेलले आफ्ना धारणा राखे । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री विष्टले देशभित्रको श्रमशक्तिलाई मुलुकमै रोजगारी दिने आधार तय गरी विधेयक ल्याइएको स्पष्ट पारे ।

बैठकले समितिले विधेयकको दफा १ देखि १३ सम्म गरेको संशोधनलाई अंग बनाउने प्रस्ताव स्वीकृत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस