कांग्रेसले विधान मस्यौदाबारे प्रादेशिक तहमा पनि छलफल गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ३१, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदाबारे प्रादेशिक तहमा पनि छलफल गर्ने भएको छ ।
विद्यान मस्यौदा समितिले सातै प्रदेशमा पार्टीको संगठनात्मक संरचनाबारे छलफल गर्न लागेको हो ।

असोजको दोस्रो सतादेखि सातै प्रदेशमा विधानको प्रारम्भिक मस्यौदाबारे छलफल चलाईने मस्यौदा समिति सदस्य प्रदिप पौडेलले जानकारी दिए । केन्द्रीय समितिको आकार र संदस्यलाई लिएर गुट अनुसारको सुझाव आएपछि समितिले प्रादेशिक सुझाव संकलन गर्न लागेको हो ।

केन्द्रीय समितिको आकार १ सय १, १ सय ११, १ सय २१ र देखि १ सय ३३ सम्म र्पुयाउने गरि छुट्टाछुट्टै प्रस्ताव आएको पौडेलको भनाई छ । प्रदेश १, २, ३, ४ र ५ मा दुई दिन र ६ र ७ मा १ दिन सुझाव संकलन गरिनेछ ।

मस्यौदा समितिले सामुहिक नेतृत्व प्रणालीका लागि प्रादेशिक स्तरमा छलफल गर्न लागको हो ।

संविधान जारी भएको ३ वर्षपछि पार्टीलाई संघीय संरचनामा लैजान लागेको कांग्रेसले पार्टीको प्रारम्भिक मस्यौदामा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, संघीय निर्वाचन, क्षेत्रिय समिति, गाउँ नगरसमिति, वडा समिति र वुथ समिति गरि ८ तहको संरचना तयार गरकेो छ । असोज २१ गतेसम्म विधानको मस्यौदालाई अन्तिम रुप दिने र दशै र तिहारको बीचमा बस्ने केन्द्रीय समिति वैठकमा मस्यौदा पेश गर्ने तयारी भइरहेको पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस