अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन ४, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ४,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले सुनसरीका खुर्शिद अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

अन्सारीको घटनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री थापाले हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याइछाड्छौं ।’

उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे ।

संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरुदेखि भइरहेको आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

उनीहरुले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा समेत जोड दिएका थिए ।

अन्सारीको भारतबाट आएको हतियारधारी समूहले सुनसरीको भुताहामा गोली हानी हत्या गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस