प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ६, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन अमेरिका जान लागेका हुन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली राति ९ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने छन् ।

यस्तै प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शुक्रबार अबेर बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस