असोज ८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै छन्।
उनी एयर चाइनाको विमानबाट बिहान पौने १० बजे काठमाडौँ आइपुग्नेछन् । उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध राष्ट्रको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपील गरेका थिए ।