असोज ११, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दवै सदनको वर्खे अधिवेशन आज अन्त्य हुँदैछ ।
गत वैशाख अन्तिम साताबाट अधिवेशन अन्र्तगत मौलिक हकसँग सम्बन्धित विभिन्न १६ वटा विद्येयक पारित भईसकेका छन् भने ६ वटा आर्थिक विद्येयक पारित भएका छन् ।
वर्खे अधिवेशन बजेटको नीति तथा कार्यक्रम र पारित गर्न केन्द्रीत हुने भएपनि यो वर्ष संविधान कार्यन्वयनसँग सम्वन्धित विभिन्न विद्येयक पारित गर्नुपर्ने भएकाले लम्विएको हो ।
असोज २ भित्र पारित गरिसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार मौलिक हकसँग सम्वन्धित विभिन्न १६ वटा विद्येयक पारित भइसकेका छन् ।
प्रतिनिधि र राष्ट्रिय सभामा आज पनि केही विद्येयकहरु भने पारित हुने कार्यसुची रहेको संसद सचिवालयका प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
दुवै सदनमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो २ बजे बस्दैछ ।