सरकारप्रति माधव नेपालको असन्तुष्टि : ‘यस्ता क्रियाकलापले लज्जास्पद बनाइरहेको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । सत्तारुढ दलकै शीर्ष नेताले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपालले सरकारका काम कारवाहीप्रति असन्तुष्टी जनाएका हुन् ।

नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लाग्दा चोक चोकमा सरकारको व्यापक आलोचना भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘हत्या हिंसाका घटना भइरहेका छन् । सरकार र मातहतका निकाय निरिहजस्तै छन्’ नेता नेपालले भने, ‘मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौति दिने काम भईरहदा पनि गृह प्रशासन मौन छ । यस्ता विषयमा सरकारले सुन्ने बानीको विकास गर्न जरुरी छ । सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाइरहेको छ’ नेता नेपालको असन्तुष्टि छ । उनले सर्वत्र सरकारका कामकारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेको भन्दै उनले कामको गम्भीर समिक्षा गर्न सुझाव पनि दिए ।

उनले मुलुकमा सुसासन कायम गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने लक्ष्यमा सरकारको निरिहता देखिदै गएको, जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको चाहाना सम्बोधन गर्न नसकेको तथा शान्ति सुरक्षाको प्रत्याभुति गर्न पनि असफल भएको टिप्पणी गरे ।

कालोसूचीमा परेका र आपराधिक कार्यमा संलग्न नै पुरस्कृत हुनु दुखद भएको भन्दै उनले जनताको जायज र नाजायज मागको निक्र्यौल गर्न सक्ने क्षमता सरकारले राख्नुपर्ने औल्याए ।

निजगढ विमानस्थल निर्माणका सम्बन्धमा रुख कटानको विषयमा पनि नेपालले असन्तुष्टी जनाए । राम्रो काम गर्दा वात नलाग्ने गरि गरियोस् भन्दै उनले नेपाललाई आत्मनिर्भर हुन नदिने षडयन्त्रमा मुलुक फस्ने खतरा बढ्दै गईरहेको तथा सरकारी निकायममा स्वच्छ छविका, इमान्दार र निष्ठावान व्यक्तिहरु राख्न नसकिएको, विभिन्न संबैधानिक निकायमा लामो समय देखि पद रिक्त रहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

दुईतिहाईको सरकारबाट जनताले ठुलो आशा र अपेक्षा राखेको भन्दै उनले मुलुकको हर समस्या समाधान गर्ने संकल्प र आँटका साथ अघि बढ्न सरकारलाई सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस