मुख्यमन्त्री शाहीको चीन भ्रमण : हिल्सा–जमुनाहा द्रुतमार्ग बनाउन सम्भाव्यता अध्ययन गरिने

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ आश्विन १३, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १३,काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताएका छन ।

साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आईपुगेका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिए ।

“भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन निकै फलदायी बन्यो,” उनले भने, “हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ ।

मुख्यमन्त्री शाहीले भने, “चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति बमोजिम सम्भाव्यता अध्ययन भएलगत्तै प्रतिवेदन प्रदेश सरकारलाई बुुझाउँछ र केन्द्र सरकारसँगको सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि बढ्छ ।”

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा त्यहाँका प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिए ।

यसैगरी द्विदेशीय सीमा नाका निर्माणका बारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस