सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १३, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १३,काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारले भ्रष्टाचार, बलात्कार, हत्या तथा महँगी नियन्त्रण गर्नुको सट्टा संरक्षण गरेकाले सडक र सदनबाट आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए ।

जनतासँग सरोकार राख्ने विषयमा स्थानीय र राष्ट्रियस्तरबाट शान्तिपूर्ण आन्दोलन गरिने उनको भनाइ थियो ।

अबको १० वर्ष्भित्रमा चीनबाट कम्युनिस्ट सरकार हराउने दाबी गर्दै उनले यहाँपनि ‘ओलीको सरकार नांगिदै गएकाले कम्युनिस्ट शासन धेरै समय नटिक्ने तर्क गरे ।

अर्को एक प्रसंगमा नेता खाँणले सन्चारमाध्यमले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएकाले जनतामाझ कुराहरु पुग्न नसकेको गुनासो गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस