असोज १५,काठमाडौँ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । श्रम कार्यलय ताहाचलमा एक कार्यक्रम गरि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको औपचारिक उदघाटन गरे । मन्त्रालयका आइटि अधिकृत राजु श्रेष्ठले उक्त प्रणालीले के कसरि काम गर्छ भन्ने विस्तृत जानकारी गराए ।
यो प्रणाली सञ्चालन पश्चात वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक तथा वीमा कम्पनीएवं सीपमूलक तालिम प्रदायक संस्थाहरुको कार्यप्रणाली प्रभावकारी हुनुका साथै वैदेशिक रोजगारसंग सम्बन्धित सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गएको भाद्र २५ गते पत्रकार सम्मेलन गरी असोज १५ गतेभित्र यस प्रणालीलाई पूर्ण सञ्चालनमा ल्याउने जानकारी प्रेस जगतलाई गराए बमोजिम नै तोकिएको समयभित्रै सम्पूर्ण तयारी गरी सञ्चालनमा ल्याइएको हो ।
राजदुतावासहरुले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरीयसप्रणालीमा राजदुतावास उप–प्रणाली (Embassy Module) थप गरिनुका साथै अध्यागमन विभाग¸ पासपोर्ट विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकता अनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको छ ।
राजदुतावासहरुले यस प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताहरुबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्टि गरी जाँचबुझ गर्न सक्नेछन् । यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारहरुलाई विदेश पुर्याएर अलपत्र पार्ने र ठगी गर्नेहरु निरुत्साहित हुने विश्वास लिईएको छ ।यस प्रणाली मार्फतगन्तव्य देशका रोजगारदाताहरुको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकोलेतोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्न समेत सहज हुनेछ । राजदुतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामको निम्ति दुई जना कर्मचारीहरुलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्था समेत गरिएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको मात्र तथ्याङ्क रहने गरेको तर स्वदेश फर्किने कामदारहरुको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्नका निम्ति अध्यागमन विभागको अनलाइन प्रणालीसंग यो प्रणालीलाईीष्लपगउ गरी वैदेशिक रोजगारबाट फर्किने कामदारहरुको विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ । यसबाट विदेशी भूमिमा कति नेपालीहरु काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिनेछ ।श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमाका निम्ति आवश्यक तथ्याङ्क तथा सूचनासंकलन गर्न रकामदारहरुको सम्पूर्ण विवरण सहितको प्रतिवेदन तयार पार्नमासमेत यो प्रणालीबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।
श्रम स्वीकृति प्रदान गर्ने प्रकृयामा हुन सक्ने लापरवाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसंग पनि FEIMS लाई Linkup गरिएको छ । राहदानी विभागको प्रणालीमा रहेको विवरण FEIMS प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने,पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रकृया छरितोर सहज हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउन समेत यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उदघाटन कार्यक्रमा वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाई, मन्त्रालयका उपसचिव दिपक ढकाल, श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडा, कन्सुलर विभाग तथा राहादानी विभागका अधिकारीको समेत उपस्थिती रहेको थियो ।