असोज १७, काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भा“च्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिइरहेका छन् ।
२०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसकेका छन् ।
उनी“ देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी करिब डेढ वर्षको दौरानमा न्यूनतम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनता मात्र नभई कर्मचारी, वडा कार्यपालिका सदस्य र वडाअध्यक्ष र सल्लाहकार समेतले असन्तुष्टि जनाउदै आएको बेला प्रमुख महर्जन गत आईतबार मंगोलियामा प्रथान गरेका हुन् ।
मंगोलियामा मंगलबार शुरु ११ औं क्षेत्रीय वातावरणीय दीगो यातायात एसिया मञ्चको सम्मेलनमा भाग लिन त्यसतर्फ गएको महानगरपालिकाले जनाएको छ । उहां आउदो आईतबार उनी स्वेदश फर्किनेछन् ।bhra