ओली सरकार भ्रष्टाचारको अखडा बन्यो : डा. कोईराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १७, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । नेपाली कॉग्रेसका नेता डा शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् ।

कोईरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए । डा कोईरालाले नेपाली सेना मात्रै राजनितीक हस्तक्षेप हुनबाट बचेको बताउदै सेनामाथी राजनिती नगर्न सरकारलाई चेतावनी दिए। उनले यो सरकार भ्रष्टाचारको अखडा बनेको बताए ।

गण्डक(टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बताए। संगठनका बारेमा कुरा गर्दै डा कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका भएपनी त्यस्ता ब्यक्तीलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए।

कार्यक्रममा सांसद भिमसेनदास प्रधान, पुर्व सांसदहरु डा. शोभाकर पराजुली,डा रामचन्द्र अधिकारी, रामबहादुर गुरुंग लगायतले मन्तब्य राखेका थिए ।

‘गण्डक-टोखा समाज’ गण्डकी अंचलबाट काठमाडौको टोखामा आएर बसोबास गर्ने र प्रजातन्त्रमा आस्था राख्नुहुने ब्यक्तीहरुको संस्था हो।

ताजा अपडेट

खोजी गर्नुहोस