काठमाडौँ । लामो समय विद्यार्थी राजनितीमा सक्रिय तत्कालिन लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य समेत रहेका कपलेश्वर यादव नेपाल विधार्थी संघको महामन्त्रीमा चयन भएका छन् ।
नेपाली काग्रेंसको भातृ संस्था नेपाल विधार्थी संघको केन्द्रिय कार्यालयको पत्रानुसार नेपाली काग्रेंसको विधान २०१७ संसोधित र परिमार्जन सहितमा भएको व्यवस्था तथा काग्रेस र फोरम लोकतान्त्रि बीच भएको समायोजन पछी संघको महामन्त्रिमा कपिलेश्वर यादवलाई मनोतित गरिएको हो ।
महामन्त्रीमा चयन भएका यादवले आफू पार्टी र नेपाल विधार्थी संघको विधानमा रही नेपाली विधार्थीको हक हित र अधिकारको पक्षमा वकालत गर्ने यादवले बताए । त्यसैगरी केन्द्रीय सदस्यहरुमा १४ जना मनोनित गरिएको छ ।
केन्द्रिय सदस्यहरुमा राजु पौडेल, पारसनाथ चौधरी, अमित कुमार यादव, वबिता यादव, सागर मण्डल, डा. अबुल हुसैन अंसारी लगायतका व्यक्तिहरुलाई मनोनित गरिएको छ ।यता यादव महामन्त्री मनोनित भएसंगै अव आउने केही सताभित्रै देशमा नयाँ क्रान्ती ल्याउँने बताएका छन ।