प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।

असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सतापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन्।

प्रधानमन्त्री ओली दिउँसो ३:४५ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने भएका छन्।

न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस