असोज १९,मोरङ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डा.शेखर कोइरालालाई पार्टीकै मानिसहरु लागेर चुनाव हराएको बताएका छन ।
डा शशांकले भने– ‘डा.शेखर कुनैपनी हालतमा नहार्ने मान्छे, उहॉले जित्नुपर्थ्यो तर पार्टी भित्रैबाट पराजित गराइयो। समय आएपछी यसको हिसाब हुन्छ ।’
महामन्त्री कोईरालाले गुटकै कारण पार्टी पराजित हुदै आएको पनी बताए। उनले इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताए । निर्वाचनमा नराम्रो पराजय भोग्दा समेत पार्टी नेतृत्व जिम्मेवारी नभएको महामन्त्री कोइरालाले भनाइ छ ।
नेपाल निजामति कर्मचारी युनियनको एक नम्बर प्रदेश स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने उनले बताए । उनले कम्युनिष्ट सरकार कर्मचारी बिरोधी भएको पनी बताए।