नेकपाको सचिवालयको बैठक बस्दै, तल्लातहको एकताबारे छलफल केन्द्रित हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २२, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बिहान बस्दैछ।

हिजो अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण हिजोको लागि निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक आजबस्ने जानकारी दिए।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो ।

नेकपाका प्रदेश समितिले जिल्ला तहमा पार्टी संयन्त्रलाई सक्रिय बनाउन र एकताको वातावरण बनाउन आवश्यक निर्देशनसमेत दिइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस