वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं–७ का सांसद रामवीरलाई राजीनामा गराइने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २३, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ ।

नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो । स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका छन् ।

एक नेताका अनुसार पार्टीले आवश्यकता देख्न भने आफू पद छोड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमा पेस गरेका थिए ।

गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस