अनेरास्ववियुमा फरक मोर्चामा नेता पराजुली ! जनताका पक्षमा निरन्तर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौँ । विद्यार्थी आन्दोलन सधै प्रतिपक्षमा रहन्छ । हुनु पनि पर्दछ । विद्यार्थी आन्दोलन नै राजनीतिक आन्दोलनको एउटा कडीको रुपमा लिने गरिन्छ । विद्यार्थी संगठन विभिन्न राजनीतिक दलप्रति आस्थावान रहन्छन् । चाहे सरकारमा आफ्नो दलको नेतृत्व किन नहोस विद्यार्थी आन्दोलित नै रहन्छन । जनताका पक्षमा ।

हो अहिले आफ्नो दल सरकार भएपनि अनेरास्ववियुका सचिव सुरेश पराजुली आन्दोलनमा रहेका छन । सरकार हरेक गलत क्रियाकलापविरुद्ध उनी सत्ता पक्षका एकमात्र नेता हुन् । जसले सरकारका गलत काम विरुद्ध औला ठ¥याइरहेका छन ।
उनले महेन्द्रनगरकी निर्मला पन्तदेखि सरकारले पेट्रोलियम पदार्थको भाऊ बढाउदा किन नहोस् हरेक कार्यविरुद्ध एक्लै आन्दोलन गरिरहेका छन । आफ्नै पार्टीको दुई तिहाईको सरकार हुँदा विद्यार्थी नेता कोही पनि आन्दोलनमा उत्रिएका छैनन । तर पराजुली प्रतिपक्ष कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघसंग सहकार्य गदै सडकमा नै रहेका छन । चाहे त्यो निर्मला पन्तको हत्यारालाई कारवाही किन नहोस चाहे यातायात क्षेत्रमा गरिएको १० प्रतिशत यातायात वृद्धि किन नहोस पराजुली सरकार विरुद्धको आन्दोलनमा अग्रमोर्चामा रहदै आएका छन ।

भोजपुरबाट आइ अनेरास्ववियुको राजनीतिक गरेर पराजुली पछिल्लो समय युवामाझ लोकप्रिय हुदै आएका छन । अहिले पनि हरेक आफ्नै पार्टीको सरकार भएपनि उनी न्यायका लागि पछि हट्दैनन । अखिलको तीन बर्ष अगाडि भएको महाधिवेशनमा पनि पराजुलीले लोकप्रिय मत ल्याई बिजय भएका थिए । अहिले पनि दुई संगठनको एकता प्रक्रियामा हुदा उनी सक्षम अध्यक्षको दावेदारको रुपमा रहेका छन । सरस्वति क्याम्पसबाट विद्यार्थी राजनीतिक शुरु गरेका उनी छोटो समयमा नै काठमाडौ जिल्लाको अखिलको अध्यक्ष भएका थिए । त्यसपछि अञ्चल अध्यक्ष हुदै त्रिभुवन विश्वविद्यालयको इन्चार्ज भएर समेत काम गरिसकेका छन ।

अघिल्ला सरकारका पालामा केही रुपैयाँ मात्रै गाडी भाडा र पेट्रोलियम पदार्थको मुल्य बढेपनि विद्यार्थी नेतृत्व सडकमा उत्रन्थे । अहिले ह्वात्तै मुल्य बृद्धि हुँदा समेत कुनै पनि विद्यार्थी संगठनका नेताहरुले मुख खोल्न सकेका छैन । दुई तिहाई बहुमत प्राप्त सरकारको विरोध गर्ने आँट सत्तारुढ दलका विद्यार्थी संगठनको त त्यस्तै हो, प्रतिपक्षीले पनि आँट गर्न सकेको देखिँदैन । सबै विद्यार्थी सँगठन ‘तैँ चुप, मै चुप’ को अवस्थामा रहँदा सत्तारुढ दलको अनेरास्ववियूका एक नेताले भने विरोधको आँट देखाएका छन् ।

अनेरास्ववियूका सचिव सुदेश पराजुलीले आफु बाहेक कसैले पनि सरकारको विरोध गर्ने आँट नदेखाएकोप्रति आपत्ती जनाएका छन् । उनले वर्तमान सरकार दलालहरुको घेराबन्दीमा परेको भन्दै सडकमै भने ।
उनले निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गदै सडकमा वोलेको भिडियो भाइरल नै भयो । उक्त भिडियो एक लाख ९६ हजारले हेरेका थिए ।

‘हामी विद्यार्थी आफ्नो सरकार आएपनि प्रतिपक्षको भूमिकामा रहन्छौ । अहिले हाम्रै दुई तिहाईको सरकार भएपनि । म निरन्तर सरकारका जनता विरोधी क्रियाकलापको विरोधमा उत्रिन्छु उनले भने सरकारको विरोध गर्ने हिम्मत कसैले पनि देखाउन नसकेको छैन । तर म कसैको दवावमा नपरि न्यायका लागि लड्ने भएकोले विद्यार्थी हकहित र जनताको आवाज वुलन्द पार्न सडकमा ओलिन्छु ।
उनले अहिले सरकारलाई दलालहरुले घेरेका पारेको अनुभुती भैरहेको भन्दै आफू एक्लै भए पनि आफुले यसको विरोध गर्ने र विरोधको कार्यक्रम सार्वजनिक गर्ने बताए । सरकारको पछिल्लो निर्णयले पूँजिपतिहरुको घेरामा कम्युनिष्ट नेताहरु परेको र कम्युनिष्ट नेताहरु श्रमजीवि वर्गको नेता बन्न नसकेको उनको भनाई रहेको छ ।

पराजुली जस्ता विद्यार्थी नेता मुलुकमा हुने हो भने सधै निमुखा न्यायको लागि आवाज उठाउनेको कमि हुने थिएन । भोजपुरबाट काठमाडौमा आइ विद्यार्थी राजनीतिकमा सक्रिय गरिरहेका उनी एकिकृत अखिलको अध्यक्ष बन्ने योजनामा रहेका छन ।

साभार : साझापाना

ताजा अपडेट

खोजी गर्नुहोस