नेवीसंघका महामन्त्री यादव भन्छन-‘कांग्रेसले नै कांग्रेसलाई सिध्याउन उद्यत छन ‘

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेवी संघका महामन्त्री कपलेश्वर यादवले पार्टीभित्र छलफल भएर नै आश्विन १० गते पार्टीले निर्णय गरेर महामन्त्री बनाएको बताएका छन । अनलाईन केन्द्रसंग कुराकानी गर्दै उनले उनले आफुले सक्रिय भुमिकाको जिम्मेवारी पाएको तर काम गर्ने वातावरण नभएको बताएका छन ।

उनले आफुले पदको लोभ र सुविधाको भोग गर्न नखोजेको बताउदै उनले आम नेपालीको स्वार्थको लागी लडिरहने बताएका छन । महामन्त्री यादवले आन्दोलनको मोर्चामा विजय गच्छादारलाई बाहिर राखेर कांग्रेस अगाडी बढ्न नसक्ने बताए । नेता यादवले आफ्नो पहिलो जिम्मेवारी के हुन सक्छ भन्ने सवालमा छलफल गर्दा राष्ट्रहितको लागी काम गर्छौ भन्ने हेतुले कांग्रेसमा आएको र कांग्रेस भित्र भद्रगोल रहेको बताएका छन ।

उनले कांग्रेसले नै कांग्रेसलाई सिध्याउन उद्यत रहेको बताएका छन । उनले फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकताले किन पुर्णता पाउन सकेन् भनेर प्रश्न समेत गरेका छन । नेता यादवले कांग्रेसका शिर्ष नेताहरुसंग फोरम लोकतान्त्रिकको सम्मानजनक समायोजन हुनुपर्ने धारणा राखेको बताएका छन । उनले देशको नेतृत्व गर्ने नै कमजोर भएको बेला कांग्रेस एकठाँउमा उभिनुपर्ने बताउदै अन्यथा पार्टी जोगाउन नसकिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस