संघीय समाजवादी फोरमका दुई नेताको मृत्यु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । मोरङको बेलबारी ४ बेतना सिमसार नजिक भएको दुर्घटनामा संघीय समाजवादी फोरमका स्थानीय दुई नेताको मृत्यु भएको छ ।

गएराति दुर्घटनामा फोरमको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राई रहेको प्रहरीले जनाएको छ । बेलबारीबाट लक्ष्मीमार्गतिर जाने क्रममा को १२ प ९६८२ नम्बर मोटरसाइकललाई ना ५ ख १९२० नम्बर ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार दुबैलाई गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस