नेकपामा माधव नेपालको माग पुरा हुने संकेत, विवाद टुङग्याउन कार्यदल गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ८, बिहिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न दुई सदस्यीय कार्य दल गठन गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीे सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका दुई सदस्यीय कार्य दल गठन गरेको हो ।

निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीको सदस्य चयन र केन्द्रीय सदस्यको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको महासचिव पौडेलले जानकारी दिए । यसअघि नै सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरिसकेको छ ।

प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनसम्बन्ध सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्यदल नै गठन गरेको हो ।
कार्यदलले पेस गरेको प्रस्ताव सचिवालय बैठकमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस