नेकपा अध्यक्ष प्रचण्ड केही घण्टाका लागि दिल्ली प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ९, शुक्रबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कात्तिक ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली प्रस्थान गरेका छन् ।

भारतीय सत्तारुढ पार्टी (भाजपा)द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली गएका हुन् ।

कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने छन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले पार्टी र देशको दृष्टीकोणका बारेमा धारणा राख्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस