कार्तिक १०,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ ।
राजधानीको भृकुटीमण्डपमा जारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए ।
उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व बताए ।
चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ ।
नेकपाले चियापानमा चिया, कचौरी, निम्की, केरा लगायत परिकार राखेको थियो । चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको उपस्थिति थियो ।