कात्तिक १८, सुर्खेत । कर्णाली प्रदेशसभाको दोश्रो अधिवेशन अर्थात बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ । बर्खे अधिवेशमा प्रदेशसभाका ४१ ओटा बैठक बसे ।
आइतवार सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालले पठाएको पत्र पढेर संसद सत्र समापन भएको घोषणा गरेका हुन ।
त्यसअघि आइतवारै बसेको प्रदेश सभाको वैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरु र सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा सम्वन्धभी व्यवस्थापन गर्न बनेका दुई विधेयकहरुलाई सर्वसम्मत पारित गरेको थियो ।