यादवको सक्रियतामा कांग्रेस–फोरम लोकतान्त्रिक एकता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २०,काठमाडौँ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको एकतापछि राजनितिक बृत्तमा तत्कालिन फोरम लोकतान्त्रिक विद्यार्थी संगठनका सभापति तथा नेवि संघका बर्तमान महामन्त्री कपलेश्वर यादवको चर्चा चुलिएको छ । महामन्त्री यादवकै सक्रियतामा दुई विद्यार्थी संगठनको एकता निर्णयक बिन्दुमा पुगेर टुंगिएको र संगठनकै एकतापछि पार्टी नेतृत्व पनि एकता प्रक्रियामा तातेको उनि निकट नेताहरुको टिप्पणी छ । फोरमका तत्कालिन सभापति विजय गच्छादारले समेत विश्वास गरेका नेता यादवले कांग्रेसका विभिन्न तहका नेतासंग एकतालाई निष्कर्षमा पुर्याउन छलफल गरेको स्रोत बताउछ ।

उनले पछिल्लो समय विजय गच्छादारको दुतकै रुपमा समेत भुमिका निर्वाह गरेको बुझिन्छ । यसैविच नेता यादवसंग अनलाईन केन्द्रले सोधेको थियो पार्टी एकतामा तपाईको दौडधुप किन बाक्लो ? उनले जवाफ दिदै भनेका थिए–’मेरो सक्रियता अवश्य नै हुने भयो । यता विद्यार्थी संगठनको एकता अन्तिम चरणमा पुग्दा मुल पार्टीको एकताले निर्णायक मोड लिईरहेको थिएन मैले विभिन्न तहका नेताहरुसंग छलफल गरेकै हो । उता हाम्रा आदरणिय सभापति ज्यू पनि लागिरहनु भएकै थियो । हामी हिजोको दिनमा पनि पार्टी एकता हुनुपर्छ भन्नेमा थियौँ । लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ भन्नेमै थियौँ । आज त्यो सपना पुरा भएको छ । अव पार्टीमा कुनै गुट उपगुट भन्दापनि सिंगो कांग्रेस बनेर मैदानमा उत्रनुपर्छ यसमा मेरो ध्यान जानेछ ।’

विद्यार्थी संगठन र पार्टी एकतामा कांग्रेसका नेताहरुबाट देखिएको असन्तुष्टिलाई कसरी बुझ्नुभएको छ ? भन्ने अर्को प्रश्नमा नेता यादवले भने– ‘यो एकतामा भएको जोड हो । यसमा उहाँहरुले विधानको कुरा गर्नुभएको छ,त्यसमा मेरो बुझाई भनेको पार्टीको निर्णयसंग रहन्छ । पार्टीले निर्णय गरेको हो । र यसमा सबै नेताहरुको सहमती रहेको मैले पाएको छु । बाँकी कुरा उहाँहरुले विधिको कुरा गर्नु भएको छ, त्यसमा पार्टी एकतामा बाधा अड्काउ फुकाउको बाटो खुल्ला छ । अब कांग्रेस एक ढिक्काले अघि बढ्छ । आगामी महासमिती बैठकको पनि निर्णय भएको छ ।’ नेता यादवले मुलुकले चाहे अनुरुपको प्रतिपक्षी दल बन्नपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस