छठको मुख्य दिन साँझको अर्घ्य दिइयो : राष्ट्रपति र उपराष्ट्रपतिद्धारा कमलपोखरीमा छठ पूजा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २७, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २७,काठमाडौँ । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका थिए । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सकेनन् ।


सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरेकी थिईन ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए । नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उनले बताए ।

आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस