प्रधानमन्त्री–चिनियाँ मन्त्री सुगाङ भेट : ओलीले भने–’हामी एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २८, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन ।

चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको बाटोमा हिँडेको बताए । प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताएका छन । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ । त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौँ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उहाँका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँ देखिको सम्बन्ध रहेको स्मरण गरेका छन । ‘हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएका छिमेकी हौँ’, प्रधानमन्त्रीले ओलीले भने, ‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौँ ।’

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका छन । गएको वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएका छन ।

‘नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्’, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा. भट्टराईले भने, ‘भूकम्पपछिको पुनर्निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस