कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर १, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १,काठमाडौँ । शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।

शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।

एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो । तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको छ । उक्त म्याद यही मंसिर २ गते सकिँदै छ ।

केन्द्रीय समिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस