प्रधानमन्त्रीले स्व. प्रकाशलाई सम्झिँदा आमा भावविह्वल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर ३, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. प्रकाश दाहालको सम्झना गरेका छन् । एक वर्ष अगाडि अर्थात आजकै दिन हृदयघातका कारण निधन भएका प्रकाशको स्मृति कार्यक्रममा उनले प्रचण्डलाई यस्तो अवस्थामा सम्हालिन गाह्रो भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रकाशको निधनका बेला भएको त्यो दुःखदायी क्षण सम्झिँदै एकवर्षअगाडि आजकै दिन पत्याउन नसकिने खबर रहेको भन्दै भने, ‘प्रचण्ड र म झापा थियौं, प्रचण्डजीले बिहान फोन आयो भनेर एउटा दुःखद खबर सुनाउनु भयो । त्यो खवर पत्याउन म तयार थिइँन, तर बास्तविकता थियो त्यो । प्रचण्डजीले त्यो धैर्यता राखेर सम्हालिनुभयो ।’

प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल भइन् । रातो ज्याकेटमाथि कालो सल ओडेकी सीताका आँखाबाट आँशु झरिरहेका थिए । उनीसँगै रोइरहेकी भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहालले सम्हालिरहेकी थिइन् । उनी छोराको निधनपछि डिप्रेशनको शिकार भएकी छन् । हाल उनी उपचार गराउँदै आएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस