छोरा प्रकाशलाई सम्झिँदै प्रचण्डले भने– परिपक्व हुँदै थियो, तर…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर ३, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । नेकपाले गरेको छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भनेपछि गला अवरुद्ध भएको थियो ।

गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।’

प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा पाएको साथ, सद्भाव र हौसलाका लागि सबैलाई धन्यवाद दिए ।

सोही सद्भावले आफूहरूमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो । उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे ।

‘उसमा बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो । भरोसा गर्न सकिने अवस्था थियो,’ प्रचण्डले भने ।

प्रकाशको निधनपछि नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगेको युवाको भीडले आफूमा धेरै प्रकाशहरूको जिम्मेवारी रहेको महसुस भएको प्रचण्डले सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस