ईलाम । नेपाल इन्जिनियर्स एसोसिएसन को ३२ औँ कार्यसमितीको निर्वाचन नजिकिदै जाँदा प्रगतिशील प्यानलले आफ्नो चुनावी अभियान तिब्र बनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा प्रदेश न १ को उमेद्वार सहितको टिम पुर्वान्चलका विभिन्न जिल्लाको भ्रमण अन्तरगत ताप्लेजुङ र पाँचथरको कार्यक्रम पछि इलाम पुगेको छ । इलाम जिल्ला समन्वय समितीको हलमा बृहत् इन्जिनियर भेला सम्पन्न भएको छ । निर्वाचन परिचालन समितीका संयोजक दिपक पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रदेश एकका सबै उमेद्वारले परिचयात्मक मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रदेश एकका अध्यक्षका उमेद्वार ढकेन्द्र बमले आम इन्जिनियरको अपनत्व हुने संस्थामा रुपान्तरण गर्न आफ्नो उमेद्वारी रहेको बताएका छन । त्यस्तै प्रदेशबाट केन्द्रीय सदस्यका उमेद्वार डेगराज पौडेलले आम युवा इन्जिनियरको प्रतिनिधित्व र अधिकार सुरक्षाका लागि आफ्नो उमेद्वारी रहेको बताए। कार्यक्रममा इलाम नेकपाका पार्टी कार्यालय सचिव नवराज शंकर, सचिव कान्छा लावती ,इलाम नगरपालिका प्रमुख महेश बस्नेत, इलाम जिसस प्रमुख गणेश बराल, पिन केन्दृय सदस्य सञ्जिव रोकाहा र इलाम नेकपा अध्यक्ष भक्त केसीले मन्तब्य राखेको जानकारी पिनका एक नम्बर प्रदेशका नेता दिपक गुराँगाइले दिए । कार्यक्रममा पिन केन्दृय सदस्य सञ्जिव रोकाहाले राजनैतिक नेतृत्वले देखेको सपना लाई आफुहरुले साकार पार्ने बताए ।
हामी तपाइहरुको सपनाको प्राविधिक पक्षलाई विश्लेषण गरी उपयुक्त बिकल्प प्रस्तुत गर्छौ । उनले यो निर्वाचन हार्ने छुट कसैलाइ नरहेको र कुनै अमुक ब्यक्ती लाई हैन पुरै टिम जिताउन सबै लाग्न अपिल समेत गरे। कार्यक्रममा इलाम नेकपा प्रस्तावित अध्यक्ष भक्त केसीले इन्जिनियर बिकासको मेरुदण्ड मात्र हैन अभियान्ता समेत रहेको हुँदा निर्वाचनमा अफ्ना एजेन्डा तल्लो तहसम्म स्पष्ट लैजान अनुरोध गरे ।
कार्यक्रममा इलाममा रहेर विभिन्न परियोजना र क्षेत्रमा काम गर्ने इन्जिनियर हरुको सहभागिता रहेको थियो। नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन यहि मङ्सिर २८ गते केन्द्र र प्रदेशमा हुँदै छ । उक्त निर्वाचनमा नेकपा र लोकतान्त्रिक गरी दुई प्यानलको उमेद्वारी रहेको छ ।